Logo

प्रदेश २ : पृथ्वी जयन्तीमा कलैयामा सार्वजनिक विदा



बारा, पुस २६ गते । पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिकाले पुस  २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले विज्ञप्ति जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

२०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको उनले उल्लेख गरेका छन् ।

सो दिन कलैया उपमहानगरपालिकाभित्रका सबै कार्यालय साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा हुने उनले स्पष्ट पारेका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...