Logo

प्रदेश २ मा शितलहरको कहर : हनुमाननगर नगरपालिकाका विद्यालय तीन दिनसम्म बन्द रहने



सप्तरी, माघ ४ गते । पछिल्लो समय तराई मधेशका जिल्लाहरुमा बढेको अत्यधिक चिसोले जनजिवन कष्टकर बन्दै गएको छ ।

खासगरी बालबालिको स्वास्थ्य अवस्थामा जोखिममा पर्ने देखिएपछि सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विघालयहरु तीन दिन सम्मको लागि बन्द गर्ने निर्णय गरिएको छ ।

शिक्षा समितिको निर्णयबाट आइतबार ,सोमबार र मङगलबार गरी तीन दिन सम्म नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा समितिका दिनेश यादवले जानकारि दिए ।

हनुमाननगर कङकालिनी नगरपालिका भित्र ३० वटा सामुदायिक तथा १५ वटा सस्थागत विघालयहरु रहेका छन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...