Logo

प्रदेश २ मा सुरु भएन मोडर्ना खोप अभियान



जनकपुरधाम, पुस ४ गते । प्रदेश २ को कुनै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन् । नेपाल सरकारले प्रदेश २ का ५ जिल्ला सहित देशको ५७ जिल्लामा एकै साथ मोडर्ना खोप दिने अभियान सञ्चालन गरेपनि यस प्रदेशमा सञ्चालन हुन सकेको छैन् ।

पहिलो चरणमा प्रदेश २ को पाँचवटा जिल्लामा पुस ४ देखि १४ गते सम्म मोडर्ना खोप दिने समय निर्धारण गरिएको थियो । प्रदेशको सिरहा, महोत्तरी, रौतहट र बारामा मोडर्ना खोप अभियान सञ्चालन हुने तालिका रहेको छ तर आज देखि हुने भनिएको अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए ।

निर्देशक झाले प्रदेश २ को कुनै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन नभएको बताए । उनले भने, ‘जिल्ला खोप समन्वय समतितिको निर्णयमा ४ गते देखि भ्याक्सिन दिने निर्णय गरेको छ । यसमा यो पनि भनिएको छ, जिल्लाको अवस्था अनुसार तपाईहरु खोप अभियान सञ्चालन गर्नुस्’, उनले अगाडी भने, ‘खोप अभियान सञ्चालन गर्नका लागि आइसप्याक पनि चाहियो र यिनिहरुलाई बिचबिचमा बिसिजि, बिसिटि लगायतका भ्याक्सिन अभियान समेत सञ्चालन गर्नुपर्छ त्यसैका लागि आइसप्याक, भ्याक्सिन क्यारियर, जनशक्ति सबैलाई हेरेर जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षतामा रहेको समितिमा निर्णय गराएर समय सारिएको हो ।’

May be an image of text

निर्देशक झाका अनुसार रौतहटमा १२ गते देखि, महोत्तरीमा ७, सिरहा ५ देखि ८ र ११ देखि १४ गते सम्म मोडर्ना खोप अभियान सञ्चालन हुने बताए । त्यस्तै अन्य जिल्लाहरुले समेत मोडर्ना खोप अभियानका लागि समय निर्धारण गरिएको छ भने सप्तरी, धनुषा र पर्सामा फाइजर खोप अभियान जारी रहेकाले मोडर्ना खोप अभियान सञ्चालन नहुने निर्देशक झाले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...