Logo

प्रदेश २ : ८२ लाख ५० हजार नगदसहित चार हुण्डीकारोबारी युवक पक्राउ



पर्सा,वैशाख ३० गते । पर्साबाट ८२ लाख ५० हजार नगदसहित चारजना हुण्डीकारोबारी पत्रपाउ परेका छन् ।

बीरगञ्ज महानगरपालिका ३ आदर्शनगरमा डेरा गरी बस्ने गरेका युवकहरुबाट उक्त रकम प्रहरीले बरामद गरको हो ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ बर्षका कलामुद्दिन अन्सारी, भारत विहार जि.मोतिहारी रक्सौल वडा नं.१८ का बर्ष २७ का बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ का २२ बर्षीय गुड्डु कुमार, भारत मोतीहारी वडा नम्बर ५ का १८ बर्षीय साहिल गुप्ता रहेका छन् ।

गोप्य सूचनाको आधारमा बुधबार दिउँसो १ बजेको समयमा बारा जिल्ला महागढीमाई नगरपालिका ४ बस्ने वर्ष १८ का कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । झोला जाँच गर्दा झोलाभित्र नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

त्यसपछि उनलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको छ ।

हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले उनीहरुले प्रयोग गर्ने ना. ८ प. ४८९७ नम्बरको बजाज कम्पनीको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...