Logo

प्रभु हस्पिटलका सञ्चालकद्वय डा. गुप्ता र थापाको ठगीको अर्काे पर्दाफास



वीरगञ्ज, ७ जेठ । वीरगञ्जको पानीट्यांकीमा सञ्चालित प्रभु हस्पिटलका सञ्चालहरुले बिरामीसँग ठगी गरेको एउटा घटना साम्य नहुँदै अर्काे ठगीको घटना बाहिरिएको छ ।

चर्काे शूल्क असुलेको भन्दै चौतर्फी आलोचित बनेको प्रभु हस्पिटलले वीरगञ्जका ६५ वर्षीय शंकरलाल अग्रवालको सिआरपी क्वान्टेटिभ परीक्षणमा बढी शूल्क लिएर ठगी गरेको बिल यात्राडेलीलाई प्राप्त हुनुसँगै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।

यो पनि पढ्नुहोस : प्रभु हस्प्टिलका सञ्चालकको पोल खुल्यो, महामारीमा बिरामीसँग लाखौ ठग्दै

सामाजिक सञ्जालमा उक्त बिलको फोटो पोस्ट गर्दै अस्पतालका सञ्चालकद्वय डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताको व्यापक आलोचना गर्दै सेवा भन्दा पनि बिरामीसँग ठग्ने र लगानी उठाउने उद्देश्यले अस्पताल सञ्चालन गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको छ ।

सामाजिक सञ्जालमा प्रभु हस्पिटलले लिएको बढी शुल्क बारे आलोचना हुँदै । 

अग्रवालले गरेको सिबिसी र सिआरपी क्वान्टेटिभ परीक्षणमा २ हजार २ सय रुपैयाँ लिएको प्रभु हस्पिटलले अन्य हस्पिटलको ल्याबभन्दा बढी लिएको पाइएको छ । मेडिकल एशोसियसन अफ नेपाल (मेलान) ल्याबोरोटरी संघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सिआरपीको शूल्क बढीमा ८ सय भएकोमा प्रभु हस्पिटलले १ हजार ५ सय शूल्क लिई बिरामीलाई ठगेको छ ।

बिलमा उल्लेखित नम्बरमा सम्पर्क गरेर बुझ्न खोज्दा कोरोना भाइरसको बहाना बनाउँदै पहिलेको तुलनामा केही बढी शूल्क लागेको प्रतिक्रिया दिइन भने यसबारेमा आफुले बोल्न नमिल्ने भन्दै पन्छिन खोजीन् । तर, यता वीरगञ्जका नाम चलेका मंगलम लगायतका अन्य ल्याबहरुले भने संघले तोकेको शूल्कमै परीक्षण गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस : उपचारको नाममा ठगी गर्ने प्रभु हस्पिटलका सञ्चालकलाई कारवाही गर्न चौतर्फी माग

डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताद्वारा सञ्चालीत प्रभु हस्पिटलले यसअघि पनि एकजना सर्लाहीका बिरामीसँग अक्सिजनवापतको अस्वभाविक शूल्क असुलेको थियो । जसका कारण प्रभु हस्पिटल र हस्पिटलका सञ्चालयकद्वयलाई कारवाही गर्न पनि जनस्तरमा माग उठेको छ ।

प्रभु हस्पिटलले अन्य अस्पताल र ल्याबको तुलनामा लिएको बढी शुल्कको बिल ।सभार यात्राडेली 

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...