
रौतहट २७ फाल्गुन- जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुकतान गरी रहेका एक जना कैदी जेलरको अनुमति बेगर घर जादै गर्दा मोटर साइकल दुर्घटनामा परी घाइते भएका छन ।
लागू औषध ब्राउन सुगर कारोबार मुद्दामा कसूरदार सावित भई रौतहट जिल्ला अदालतबाट १५ वर्ष कैद तथा ५ लाख नगद जरिवाना भएका कैदी बारा जिल्लाको भाटिनिया निवासी पवन यादव मोटर साइकल दुर्घटनामा घाइते भई उपचारको लागि परवानीपुर ५ मा रहेका एल एस न्यूरो तथा जेनरल हॉस्पिटल प्रा.लि.मा भर्ना भएपछि घटना सार्वजानिक भएको हो ।
१३ वर्ष कैद भुकतान गरिसकेको यादव होलीको को दिन २४ गते बुधवार कारागारमा रहेका प्रहरी सहायक निरीक्षक तेजिलाल यादव सँगै घर जादै गर्दा बाटोमा दुर्घटनामा परेको जेलर शम्भू प्रसाद यादवले बताएका छन ।
कैदीका चौकीदार नाइके रहेका यादव कुनै जानकारी नदीकन घर गएको जेलर यादवले बताए । घर गएको बिषयमा कुनै जानकारी दिइएको थिएन यादवले भने अ.स.ई यादव सँगै घरमा आमा विरामी भएकोले भेट गरेर छिटै फर्किने गरी गएको थियो ।
फाल्गुन ४ गते देखि गौर राइस मिलमा आयोजना भएको ५१ कुंडीय विष्णु महायज्ञमा पंडालको परिक्रमा गर्दै गरेको अवस्थामा कैदी यादव देखा परेको फोटो सामाजिक संजालमा भाइरल भएका छन !
बिना जानकारीको कैदीलाइ घर लागिदै गरेको प्रहरी सहायक निरीक्षक तेजिलाल यादवलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको प्रहरी उपरीक्षक वीर बहादुर बुढ़ा मगरले बताएका छन ।