Logo

बृन्दावन नपाको विवाद स्थगित, दुबै पक्षले हास्दै हात समाए



रौतहट, ०२ फाल्गुन । विगत केही दिनदेखि रौतहटको वृन्दावन नगरपालिकाका विवाद सहमतिमा पुगेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गौरमा बृन्दावनका सबै दलका नेता तथा कार्यकर्ताहरु बसेर छलफल गरी सहमति तर्फ लागेको हो । विवादका कारण गत शुक्रबार नदी उत्खनन गर्ने बिषयलाई लिएर ठूलो आन्दोलन र झडप समेत भएको थियो । झडपमा ४ जना नगरपालिकाका कर्मचारी र २ जना काँग्रेसका कार्यकर्ता घाइते भएका थिए ।
सत्ता पक्षलाई मुख्य दोषी बनाएर प्रतिपक्षमा रहेका नेकपा एमाले मेयर प्रत्यासी प्रेमशंकर यादव, पूर्वमेयर रामस्नेही राय यादव, नेकपा माओवादीका रामप्रसाद पटेल, वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेल, वडा नं ४ का वडाअध्यक्ष श्यामनन्दन यादव लगायतका नेताहरूले आन्दोलन गरेको थियो । विवादका कारण नगरका प्रशासनिक कामकाज ठप्प भएको थियो ।
ठाउँ–ठाउँमा आन्दोलन, झडप र विवादले बृन्दावन नगरपालिकाबासी त्रसित भएका थिए ।
ती सबै कुरालाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक माधव रेग्मी लगायतको सुरक्षा निकायलाई शान्ति सुरक्षाको बिषयले धेरै ठूलो चुनौती भएको थियो ।
आन्दोलनले कहैकतै केही अप्रिय घटना घट्यो भनेर नराम्रो सन्देश जान्छ भने भोलिको दिनमा यसको जिम्मेवारी कसले लिने कुरालाई नजर गर्दै मंगलबार पक्ष सत्ता पक्षका निर्वाचित मेयर बिनोद प्रसाद कुर्मी र प्रतिपक्षका नेता प्रेमशंकर यादव, रामस्नेही यादव, रामप्रसाद यादव, श्यामनन्दन यादव लगायत दुबै पक्षलाई मंगलबार बसाएर विभिन्न मागेको कुराहरूमा बृहत छलफल गरि गराई अब देखि नगरको कामकाज गर्न सहज वातावरण बनाई अगामी दिनमा सबैले मिलेर जाने बिषयमा सहमति भएको छ । यस्तै बृन्दावनमा भएको विवादका झडपमा परी घाईतेहरुलाई आ–आफनो व्यहोरनु पर्ने सहमति भएको समाचार स्रोतले जनाएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...