Logo

भतिजोसंग विवाह गराइ करोडौंको सम्पत्तिको मालिक भतिजोलाइ बनाउन एक वडा अध्यक्षले जन्मदर्ता बनाउन नमानेको आरोप ।



ओम प्रकाश यादव, माघ २६ गते, रौतहट । रौतहटको गरुडा नगरपालिका–९ का वडा अध्यक्ष राजेश कुमार सहनीले आफना निहित स्वार्थ पुरा गर्न एक जनाको जन्मदर्ता बनाउन आलटाल गर्दै आएको खुलेको छ ।
स्थानीय विगु सहनीको छोरी २४ वर्षिया रविना सहनीको जन्मदर्ता प्रमाणपत्र बनाउन वडा अध्यक्ष सहनीले नचाहेको आरोप लागेको छ ।
आफु पटक पटक आफना जन्मदर्ता बनाउन वडा अध्यक्ष सहनीलाइ भनेपनि उनले आजभोली भन्दै आलटाल गर्दै आएको र उनी आफना जन्मदर्ता बनाउनै नचाहेको रविना सहनीले बताइन ।
आजभन्दा १५ वर्षअघि निधन भइसकेका स्वर्गीय विगु सहनीले दुईवटा विवाह गरेका थिए । उनको पहिलो श्रीमति ललिता देवी थिइन भने दोश्रो श्रीमति मजवा देवी थिइन । दुबै श्रीमतिको एक एक गरी दुइजना छोरी मात्र छिन ।
विगुको जेठी श्रीमति ललिताको छोरी रविना सहनी हुन भने कान्छी श्रीमति मजवा देवीको छोरी रामकलि सहनी हुन । ललिताले पहिलो सन्तानको रुपमा रविनाको जन्मदिएर श्रीमान विगुलाई छोडेर सर्लाहीको हजरियामा अर्को विवाह गरेकी थिइन ।
आमा ललिता देवीले रविनालाइ सानैमा छोडेर दोश्रो विवाह गरेपछि रविना गाउँमै बुबासंग बस्दै हुर्केकी थिइन । जेठी श्रीमति ललिता अर्को विवाह गरेपछि विगु सहनीले पनि दोश्रो विवाह मजवा देवी सहनीसंग गरेका थिए ।
छोरा पाउने आशमा सहनीले अर्को विवाह गरेपनि मजवा देवीले पनि छोरी नै जन्माइन । कान्छी श्रीमतिको छोरीको नाम रामकलि सहनी हो । छोराको लागि धेरै प्रयास गरेपनि छोरा नभएपछि विगु सहनीले दुइजना छोरीमा नै चित बुझाएका थिए ।
विगु सहनीको सम्पत्तिको नाममा अहिले करोडौ मूल्य पर्ने २ विघा १४ कट्ठा खेत छन भने १२ धुर घडेरी रहेको छ । विगु सहनीको छोरा नरहेकोले उनको कुल प्रोपटी मध्ये आधी आधी सम्पत्ति दुबै छोरीको हुनेछन ।
तर वडा अध्यक्ष राजेश कुमार सहनीले उनको कुल सम्पत्ति एउटै छोरीलाई दिलाउन चाहेको आरोप लागेको छ । रविना सहनी र केही स्थानीयबासीका अनुसार वडा अध्यक्ष सहनीले आफनै भतिजो संग विगुको कान्छी श्रीमतिको छोरी रामकलि सहनीको विवाह गराइ पुरै सम्पत्ति भतिजोलाइ दिलाउने दाउमा लागेका छन् ।
रामकलिसंग भतिजोको विवाह भए उनको पुरै सम्पत्ति भतिजो कै नाममा हुने भन्दै वडा अध्यक्ष सहनीले रामकलिसंग आफना भतिजोको विवाह गराउन पुरै शक्ति लगाएको स्थानीयहरु बताउँछन् ।
विगुको जेठी श्रीमतिको छोरी रविना सहनीको जन्मदर्ता बनाए आधी सम्पत्तिको हक रविनाको पनि हुने भएको हुँदा कुनै हालतमा रविनाको जन्मदर्ता बनाउने पक्षमा वडा अध्यक्ष सहनी नरहेको स्थानीयहरुको भनाई छ ।
रामकली कुमारीसंग भतिजोको विवाह गराउनकै लागि वडा अध्यक्ष सहनीले धमाधम रामकलीको जन्मदर्ता बनाइदिएका छन भने रामकलीको आमा मजवा देवीको नागरिकताको लागि सिफारीस पनि गरिदिएका छन् ।
उनले गरेको सिफारीसको आधारमा यहि २०८० साल माघ ४ गतेको मितिमा मजवा देवीले नागरिकता प्राप्त गरिसकेकी छिन ।
वडा अध्यक्ष सहनीले विगुको कान्छी छोरी रामकलीको जन्मदर्ता बनाए पनि जेठी छोरी रविना सहनीको जन्मदर्ता बनाउन चाहेका छैनन् । रविना चार वर्ष अघि विवाह गरिसकेकी छन् । उनको दुई छोरा छोरी छन् ।
वडा अध्यक्ष सहनीले आफनो जन्मदर्ता नबनाइदिदा विवाह दर्ता, नागरिकता र छोरा छोरीको जन्मदर्ता बनाउनबाट आफु बञ्चित भएको रविना सहनीले गुनासो गरेकी छन् । आफनो जन्मदर्ता बनाइदिदा वडा अध्यक्ष सहनीलाई पटक पटक आग्रह गरेपनि उनले जन्मदर्ता बनाउन आलटाल गर्दै आएको उनले दुखेसो गरिन ।
आफना बहिनी रामकली सहनीसंग वडा अध्यक्ष राजेश सहनीले आफना भतिजोको विवाह गराइ आफना बुबाको नाममा रहेको सबै खेत, घडेरी र अन्य सम्पत्ति भतिजोलाइ दिलाउनका लागि उनले आफना जन्मदर्ता बनाउन नचाहेको रविना सहनीको आरोप छ ।
आफना भाइ नरहेकोले बुबाको सम्पत्तिमा दुबै बहिनीको आधी आधी गरी बराबर हक रहेको उनले बताइन । तर वडा अध्यक्ष सहनीले आफनो जन्मदर्ता नबनाएर बुबाको सम्पत्ति लिनबाट आफुलाई बञ्चित गर्न खोजेको र बहिनी रामकलीसंग भतिजोको विवाह गराइ आफना बुबाको पुरै सम्पत्ति भतिजोलाइ एक्लै दिन खोजेको उनले बताइन ।
आफना जन्मदर्ता नबनाए वडा अध्यक्ष सहनी विरुद्ध आफु कानुनी उपचार खोज्न बाध्य हुने रविनाले चेतावनी दिइन ।
यता वडा अध्यक्ष राजेश कुमार सहनीले विगु सहनीको वास्तविक छोरी रविना हो कि होइन भन्ने कुरा आफु बुझने वा पता लगाउने क्रममै रहेकाले तत्काल उनको जन्मदर्ता बनाउने काम रोकेर राखेको बताएका छन् ।
विगुको वास्तविक छोरी रविना सावित भए उनको जन्मदर्ता बनाइदिने वडा अध्यक्ष सहनीले बताएका छन् । विगुको सम्पत्तिको मालिक आफना भतिजोलाई बनाउन उनको छोरी रामकली सहनीसंग आफना भतिजोको विवाह गराउन आफु लागि परेको कुरा गलत रहेको समेत उनले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...