Logo

भारतसँगको पाँचौँ टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड २ सय १८ रनमा अलआउट



एजेन्सी, २४ फागुन ।। भारतसँगको पाँचौ टेस्ट क्रिकेटको पहिलो पारीमा इंग्ल्याण्ड २ सय १८ रनमा अलआउट भएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड आज पहिलो दिनको तेस्रो सेसनमै २ सय १८ रनमा अलआउट भयो ।

कुलदीप यादवले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए । यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलीेले एक सय आठ बल खेल्दै ७९ रन बनाए ।

यस्तै जोनी ब्रीस्टो २९, वेन डकेट २७, जोए रुट २६, बेन फोक्सले २४, सोयब बसिर नटआउट ११ र ओली पपले ११ रन बनाए । भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

भारतले एक खेलअघि नै इंल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितिसकेको छ । चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...