Logo

मधेशी समुदायको छोरी डिआइजी बनिन् पूजा सिंह, गृहमन्त्रीलाई धन्यवाद ज्ञापन



रौतहट, पुस २८ गते । पूजा सिंह मधेशका महिलाबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) बनेकी छन् । केहि दिन अघि गृहमन्त्रालयले सिंहको पदोन्नती गरेको थियो ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय छिन् ।

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहलाई प्रहरी डिआइजीमा बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह  यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्।

सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्।

सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। सिंहले महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्।

उनलाई डिआइजीमा बढुवा गरेकोमा सप्तरीबाट एक टोली काठमाडौं पुगेर गृहमन्त्री बालकृष्ण खाँणलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट पुगेको प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई धन्यवाद ज्ञापन गरेको हो ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो ।

‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ’, काँग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।’

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...