Logo

मधेश प्रदेशमा पहिलो मेयर गुप्ताले बुझाए गाडी, आजबाट कुनै सेवासुविधा नलिने घोषणा गरे ।



अभिमनु पटेल, रौतहट, २५ चैत । यही बैशाख ३० गतेका दिन सरकारले चुनाव गराउन समय तोकिएकोले आफनो नैतिकताको आधारमा मेयरले चढ्दै आएको गाडी पालिकालाई फिर्ता गरेका छन् ।

May be an image of car

रौतहट जिल्लाको सबभन्दा पुरानो स्थानीय तहको रुपमा चिनिने गौर नगरपालिका हो । जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका समेत रहेको छ । भौगोलिक दृष्टिकोणको हिसाबले यो पालिका दक्षिणी भेगमा पर्छ । गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताले स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै निर्वाचन केन्द्रित हुने क्रममा आफूले प्रयोग गर्दै आएको सरकारी सवारी नगरपालिकालाई नै बुझाएका छन्।
जिल्लाका १८ पालिका र मधेश प्रदेशमा सरकारी सवारीसाधन कार्यालयलाई फिर्ता गर्ने स्थानीय तह मध्ये गौर नगरपालिका पहिलो हो । मेयर गुप्ताले आज शुक्रबार एक कार्यक्रम बिच कार्यालयको जिम्मेवारी लगाएका थिए ।

May be an image of 3 people, motorcycle and outdoors
२०७४ को स्थानीय निर्वाचन पश्चात प्रदेश कानुन बमोजिम गौर नगरपालिकाबाट जनताको कामकाज गर्न सुविधाको रुपमा प्राप्त भएको थियो । अहिले नेपाल सरकार र निर्वाचन कार्यालय द्धारा बैशाख ३० गते स्थानीय निर्वाचन घोषणा भईसकेको छ । हाम्रो सो निर्वाचनमा आ आफना दलबाट दलगत उम्मेदवारी तय नै भइसकेको छ । त्यो अनूरुप एउटा नैतिकताको आधारमा हाम्रो जिम्मा रहेका सवारीसधान लगायत अन्य सबै सामाग्रीहरु कार्यालयमा बुभाएका छौ । हामीले राजिनामा नदिए र अर्को पद बहाल नहुनु जेलसम्म जनताको निम्ति सधैे कामकाज, सिफारिस, जनताको गुनासोहरु सुनिने लगायत जुनसुकै कार्यहरु हामी निरन्तर गर्ने तर पालिकाबाट कुनै किसमिको सेवासुविधा नलिने मेयर गुप्ताले प्रतिबद्धता गरे । यस कार्यले राजनितिमा एउटा नैतिकताको सन्देश दिनेछ । मधेश प्रदेश र जिल्लाको अन्य पालिकाका जनप्रतिनिधिहरुले आआफना मातहतमा रहेका सवारीसाधन, कागजपत्र सबै कार्यालयलाई बुझाउने छ । सेवासुविधा लिईरहनु भएका जनप्रतिनिधिहरु अब लिनु हुन भने उहाले आग्रह गरेका छन ।

May be an image of 2 people, people standing, car and road

मेयर गुप्तासँगै नगरपालिकाको वडा नं १ का अध्यक्ष भरत साह, वडा नं २ का अध्यक्ष राकेश कुमार झा, वडा नं ३ का अध्यक्ष श्यामसुन्दर पटेल, वडा नं ४ का अध्यक्ष भुनेश्वर शाही, वडा नं ५ का अध्यक्ष रामस्वार्थ यादव, वडा नं ६ का अध्यक्ष शेख जमशैद, वडा नं ७ का अध्यक्ष शेख मजहर खान, वडा नं ८ का अध्यक्ष जनारधन साह र वडा नं ९ का अध्यक्ष मोहन कुमार सिंह समेतले निर्वाचित भएकै बेला कार्यालयबाट जनताको सेवाका लागि प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल नगरपालिकालाई बुभाएका छन ।

May be an image of 7 people and people standing

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...