Logo

महोत्तरीबाट नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ



महोत्तरी। महोत्तरीबाट नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी र ४२ वर्षीय जियाउल अन्सारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

दुवै जनालाई गोप्य सूचनाको आधारमा जिल्लाको जलेश्वर नगरपालिका वडा नं. १ स्थित रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए।

२ नं. प्रदेश प्रहरी प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट नगरपालिका जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडि भारतीय नम्बर प्लेटको गाडी चेकजाँच गर्दा अवैध नक्कली नोटहरू फेला परेको महोत्तरी प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको गाडिसहित नक्कली जस्तो देखिने नेपाली पाँच सय दरका २७ थान नोटसहित (१३ हजार ५ सय नक्कली रुपैयाँ), नेपाली रुपैयाँ १६ हजार र भारतीय पहिचान पत्र बरामद गरेको प्रहरीले जनाएको छ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...