Logo

मोतिलाल दुगड प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त



काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् ।

पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुगडलाई मन्त्री सरहको मर्यादामा विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । दुगड ओली सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा थिए । फाईल तस्विर

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...