Logo

यादव समाजसेवीको निधन अन्तेष्टी आजै हुने



रौतहट,असोज ७ गते । रौतहटको तत्कालीन  फतुवा गाविसका पुर्व अध्यक्ष समाजसेवी गंगाराम यादवको निधन भएको छ । समाजसेवी यादवको ८६ र्षको उमेरमा गएराती फतुवा स्थित आफनै घरमा निधन भएको उनका छोरा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी अजय यादवले जानकारी दिनु भयो ।

उनको आज ११ बजे पुर्व राष्टपती रामबरन यादवको उपस्थितिमा फतुवा मठको प्रांगणमा हिन्दु परम्परा अनुसार अन्तेष्टी गरिने उनको परिवारले जनाएको छ । आफ्नो निजि जग्गामा रामजानकी मठको स्थापना गर्नु भएका स्वर्गीय गंगाराम यादव धर्म प्रती निकै आस्थावान हुनु हुन्थ्यो । उहाँ देशमा पंचायतिकालको ब्यवस्था पछि २०४२ सालसम्म फतुवा गाविसको अध्यक्ष रहनु भएको थियो ।

स्वर्गीय गंगाराम यादवको ३ छोरा र १ छोरी रहेकी छिन । पुर्व राष्टपती रामबरन यादवको छोरी संग उनको माईला छोरा प्रदीप यादवको बिहे भएकाले नाताम दुबैजना सम्धी हुन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...