
काठमाडौं, कात्तिक ११ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ।बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युनाईटेड ३-० ले विजयी भयो।युनाईटेडको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७ सय १ औं गोल हो। यस जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोडेको छ।युनाईटेड दोस्रो स्थानमा रहेको छ। सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ।
फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...