Logo

राधा पौडेल फाउण्डेशनद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



वीरगञ्ज, ७ जेठ । राधा पौडेल फाउण्डेशन काठमाण्डौले वीरगञ्जस्थित नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड १९ को महामारीमा कोरोना संक्रमितहरुको उपचार गरीरहेको नारायणी अस्पताललाई महामारीमा आवश्यक पर्ने उपयोगी स्वास्थ्य उपकरण सहयोग गरिएको हो । सामाजिक अभियानता प्रकाश थारुले नारायणी अस्पतालका नवनियुक्त कार्यवाहक मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिँह, डा. रोशन अली लगायतका चिकित्सकहरुको रोहबरमा २ सेट अक्सिजन कन्सन्ट्रेट, १० पिस पल्स अक्सिमिटर,  १० सेट व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), २५ पीस पैड, ५० पीस फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको सामाजिक अभियानता शैलेन्द्र तिपाठीले जानकारी दिए । सभार यात्राडेली

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...