Logo

रुङ्गटा वेलफेयर सोसाईटीद्वारा क्याटलाई स्वास्थ्य सामग्री सहयोग



वीरगञ्ज, ७ जेठ । रुङ्गटा वेलफेयर सोसाईटीले कोभिड एक्सन टिम (क्याट) लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोसाईटीका कोषाध्यक्ष सुरेशकुमार रुङ्गटाले उपलब्ध गराएको साग्मारी शुक्रबार एक कार्यक्रम बीच जिल्ला समन्वय समिति पर्साको कार्यालय पुगेर क्याटको टोलीलाई हस्तान्तरण गरिएको हो ।

समाजवादी युवा संघका केन्द्रीय सचिव सरोज यादव र पर्सा अध्यक्ष गौरव वर्माले क्याटका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष नेक महोम्मद अन्सारीलाई ८ वटा अक्सिमिटर, १ बन्डल पञ्जा, ३ बन्डल मास्क लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कोरोनाभाइरस महामारीले जिल्लाको अवस्था नाजुक बनाएको समयमा अग्रपंतिमा आएर जनताको सेवाका लागि निरन्तर खटिरहेको क्याटलाई प्रोत्साहन गर्न स्वास्थ्य सामग्री सहयोग गरिएको केन्द्रीय सचिव यादवले बताए ।सभार यात्राडेली

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...