Logo

रौतहटको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद ।



रौतहट, १६ गते चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाईल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाका ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाईल बरामद भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले परीक्षा हलबाट उक्त संख्यामा मोबाईल बरामद गरेक‍ो हो ।

बरामद गरिएको मोबाईल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...