Logo

रौतहटबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ



रौतहट, माघ २६ गते । रौतहटबाट श्रोत नखुलेको २२ लाख रुपैयासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको परोहा नगरपालिका १ जिंगडवा बेलबिछवाका शेख सुखाडीका छोरा २७ वर्षीय दिलसाद आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गौरस्थित बसपार्कबाट खानतलासी गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ नगद र बिना नम्बरकोे स्कुटी समेत बरामद गरेको छ ।

बरामद रकमसहित उनलाई आवश्यक कार्वाहीका लागि सम्पति शुुद्धिकरण आयोग काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार नम्बर नभएको स्कुटी भने जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...