Logo

रौतहटमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु



रौतहट, जेठ १ गते । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।

कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ वर्षीय उनको  गएराति मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवी यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।

यसैगरी कोरोनाकै कारण  चन्द्रपुरका ४० वर्षीय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सीडीओ यादवले बताए ।

योसँगै अहिलेसम्म रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...