Logo

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको ज्यान गयो



रौतहट, कार्तिक १६ गते । रौतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको ज्यान गएको छ ।

ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई हाल दुर्गा भगवतीको स्थित बडहर्वामा प्रहरी चौकीमा कार्यरत रहेका ३३ वर्षीय रामनिवास यादव छन् ।

सोमबबार राति सवा ८ बजेको समयमा गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटना विषयका थप अनुसन्धान भइरहेको बताए ।

मृतक प्रहरी जवाको शव शव पोस्टमार्टमको लागि गौर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...