Logo

लुम्बिनी घट्नाक्रमबारे देउवाको विज्ञप्ती : ‘संसदको बहुमत अनुसार नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनीसहित अपिल गर्दछु’



काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घट्नाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले भनेका छन्–‘संविधानको ठाडो उल्लंघन, बलमिच्याई र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्र्सना गर्दछु ।’

देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ । बलमिच्याईले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसदको बहुमत अनुसार नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपिल गर्दछु ।’

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...