
रौतहट ३ माघ रौतहट जिल्लाको परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाहको छिटै अन्त्य हुने बताउनु भएको छ !
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले प्रधानमन्त्री को असंवैधानिक कदमको विरुद्ध घोषणा गरेको स्थानीय तह अन्तर्गतको विरोध प्रदर्शन कार्यक्रम अनुसार शनिवार परोहा नगरपालिकाको पोखरियामा आयोजना गरिएको विरोध सभामा सम्वोधन गर्दै नेता वकिलले आफ्नो पार्टी भित्र भएको चरम असन्तुस्टीको कारण प्रतिनिधि सभा विघटन गर्नु ओलीको तानाशाही प्रवृति देखिएकोले नेपाली जनताले समाप्त परेर छाड्ने ठोकुवा गरे ! नेपालमा नेपाली जनताको हकहित ,लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस अहम भूमिका निर्वाह गर्दै आएकोले ओली तन्त्रको समाप्ति कांग्रेसले नै गर्ने दावी गरे !
संविधानको रक्षाको साथै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको निमित नेपाली कांग्रेसको योगदान महत्वपूर्ण रहेको बताए ! सड्यन्त्र पुर्वक गरिएको प्रतिनिधि सभा विघटन असफल हुने विश्वास जनाउदै सर्वोच्च अदालतको निर्णयको कांग्रेसले सम्मान गर्ने बताए ! कार्यक्रममा प्रदेश सभाका प्रत्यासी राम चन्द्र गिरिले नेकपाको सरकारले लोकतन्त्र माथि प्रहार गरेको ले नेपाली जनताले नछोड्ने जिकिर गरे !
उनले भने बहुमतको दम्भमा गरिएको संसद विघटनको कार्य असम्वैधिक अलोकतान्त्रिक रहेको छ ! नेपालमा प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र तथा नया संविधान जारी गर्ने कार्य कांग्रेसले नै गरेको इतिहास रहेको प्रस्ट पर्दै गिरीले अवको नेतृत्व नेपाली कांग्रेसले गर्ने ठोकुवा समेत गरे !
पुर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेसका कार्यकर्ताहरुले रौतहटको गौर नगरपालिका , राजपुर नगरपालिका ,इशनाथ नगरपालिका , देवाही गोनाही , कटहरिया , गरुडा , चंद्रपुर नगरपालिका , वृन्दावन नगरपालिका ,गढ़िमाइ नगरपालिका , माधवनारायण नगरपालिका , दुर्गा भगवती गाउ पालिका लगायतका स्थानीय तहमा विरोध कार्यक्रम सम्पन्न गरेका छन् !