Logo

वीरगञ्जमा सुन पसलबाट अवैध २५ किलो चाँदीको गहना बरामद, पसलले फरार



पर्सा, फागुन १६ गते । पर्सा प्रहरीले वीरगन्जको एक सुन पसलबाट २५ किलो १ सय ६० ग्राम अवैध चाँदीको गहना बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका ६ स्थित शुभलाभ गहना पसलमा अवैध रुपमा भण्डारण गरी राखिएको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो ।

May be an image of jewelry and text that says 'REDMI NOTE9 PRO Al QUAD CAMERA'

अवैध रुपमा भारतबाट चोरी पैठारी गरी चाँदी तथा चाँदीका गरगहनाहरु ल्याई लुकाई छिपाई गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गहना बरामद गरेको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

May be an image of jewelry and text that says 'REDMI NOTE9 PRO Al QUAD CAMERA'

उनले गहना पसलमा खान तलासी गर्दा पसलको सेफ (लकर) भित्र चाँदीका गरगहना १३ किलो १०४ ग्राम र पसलभित्र रहेको कालो झोला भित्र विभिन्न चाँदीका गरगहना १२ किलो ५६ ग्राम बरामद गरिएको बताए ।

May be an image of text that says 'REDMI NOTE9 PRO AI QUAD CAMERA'

पसलका सञ्चालक भने फरार रहेको तथा उनको खोजी भइरहेको डीएसपी खनालको भनाइ छ । चाँदीका गहनाहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साले प्रहरीले जनाएको छ ।

May be an image of jewelry and text that says 'REDMI NOTE9 PRO Al QUAD CAMERA'

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...