Logo

वृद्धवृद्धाले असामान्य व्यवहार देखाए अल्जाइमर हुन सक्छ



कास्कीका महेशबहादुर क्षेत्री उमेरले ७३ वर्षका पुगे । उमेर बढेसँगै घरबाहिर खासै निस्किँदैनन् । क्षेत्रीलाई भेट्न आउने आफन्तजनदेखि परिवारकै सदस्यलाई आफूले खाना खानै नपाएको पटक पटक सुनाउँछन् । भेट्न गएका आफन्तसँगै खाना, खाजा खाएको एकैछिन पछि बुहारी, छोरा, नातिनतिनाले खाना नदिएको सुनाउँछन् ।

उनी कहिलेकाहीँ ओल्लो घर पल्लो घर गएका बेला आफूले खाना खानै नपाएको गुनासो गर्छन् । खानपान, स्याहार सम्भारमा जति ख्याल गरे पनि क्षेत्री गुनासो गर्ने गर्छन् । भरखरै भइरहेका कुरा बिर्सिहाल्ने, मलाई हेला गर्यौ भन्दै बच्चा जस्तो पटक पटक रुने गरेपछि मानसिक रोगको आशङ्कामा उनलाई अस्पताल पुर्याइयो । परीक्षणपछि थाहा भयो उनलाई अल्जाइमर रोग लागेकोे रहेछ ।
यस्तै काठमाडाँैकी नाम परिर्वतन (आशा श्रेष्ठ) ७८ वर्षकी पुगिन् । उनले आप्mना लुगाफाटा घरको कौसी, छतमा समेत सुकाउँदिनन् । यति मात्रै होइन उनले दैनिक प्रयोग गर्ने चप्पल, जुत्तासमेत केहिले सिरानीमुनि र कहिले दराजमा राख्छिन् । कहिलेकाहीँ आफन्तकोमा पुगिन् भने चप्पल हराउने डरले काखीमै च्यापेर बस्छिन् । उनले प्रयोग गर्ने हरेक सरसामान चोरी हुने भन्दै झोला, दराज तथा घरकै गोप्य ठाउँ लुकाउँछिन् ।

परिवारका सदस्यलगायत सबैलाई शङ्का गर्ने, ससाना कुरामा शङ्का गर्न थालेपछि घरमा कलहको वातावरण सिर्जना हुनथाल्यो । आशा ४ वर्षदेखि हेरक मानिसलाई शङ्काको नजरले हेर्न र आफ्नो कोठाको सामान हराउँछ भनेर कोठा बाहिर निस्किन छोडिन् । यस्तो समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगियो र अल्जाइमर रोग लागेको पुष्टि भयो ।

वृद्धवृद्धाले एउटै कुरा धेरै पटक दो;याउने, मान्छे नचिन्ने, बाटो बिराउने व्यक्तिगत स्याहार सम्भारमा बेवास्ता गर्न थाल्छन् । परिवारले पनि बुढेसकालमा यस्तै हुन्छ भनेर वास्ता नगरेको पाइन्छ ।

ज्येष्ठ नागरिक तथा अल्जाइमर रोग विशेषज्ञ डा. रमेश कँडेल भन्छन्, ‘विस्तारै बिर्संदै जाने, हुँदै नभएका कुरा कल्पना गरेर बोल्ने, बढी शङ्कालु हुँदासमेत बुढेसकाल लागेपछि यस्तै गर्छन् भनेर घरपरिवार र समाजले सामान्य रूपमा लिन्छन् । त्यस्तो व्यवहारलाई सामान्य ठान्दाठान्दै उनीहरुले दिसापिसाब थाम्न नसक्ने, एउटै कुरा पटक पटक दोहोर्याउने र अरूमाथि  विश्वास गर्न छोड्छन् । यतिबेलासम्म उनीहरुमा मानसिक समस्या देखिइसकेको हुन्छ ।’

वृद्धावृद्धले जब धेरै कुरा विर्सन थाल्छन्, केटाकेटीको जस्तो व्यवहार गर्न थाल्छन् अनि परिवारले पनि बुढाबुढी यस्तै त हुन् नि भनेर सामान्य ठान्न थाल्छन् । यस्तो गर्दाले उनीहरुको स्वास्थ्य अवस्था प्रत्येक दिन जटिल बन्दै जान्छ । उनीहरुलाई मानसिक रोग लागेको भन्दै पागलको संज्ञासमेत दिनपुग्छन् र सोहीअनुसारको व्यवहार गरेको पनि पाइएको उनले सुनाए ।

सामान्यतः ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धामा अल्जाइमर रोग देखापर्छ । ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणाका दरले बढ्दै जान्छ । कुनै पनि वृद्धावृद्धा एकै पटकमा मानसिक रोगी नहुने डा. कँडेलको  भनाइ छ ।

‘उमेर बढ्दै जाँदा दिमागका नसाहरु पनि सुक्दै, साँघुरिँदै जान्छन्,’ उनले भने, ‘त्यसपछि स्मरण शक्ति कम हुँदै जान्छ र विस्तारै वृद्धवृद्धाहरुको व्यवहारमा पनि परिवर्तन आउँछ ।’

स्मृति अर्थात् स्मरण शक्ति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । यस रोगले मस्तिष्कका कोषिका नष्ट गर्छ । यसको ठोस कारण हालसम्म पत्ता लागेको छैन । तथापि विस्मृति रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा वैज्ञानिकहरुले मस्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरु गुजुल्टो परेका र ती स्नायुकोषभित्र ‘ताउ’ नामक प्रोटिन जमेको पत्ता लगाएका छन् । यस्तै स्नायुकोष तथा स्नायुबाहिर ‘बिटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ; जसका कारण रक्तनलीहरु साँघुरो भएर मस्तिष्ककोष तथा स्नायुकोष मर्छन् । त्यस्तै ‘बिटा एमाइलोड’ले एसिटाइलकोलिन नामक हार्मोनले सिक्ने, सम्झने, सोचविचार गर्ने हार्मोनलाई घटाएको पाइएको छ ।

सुरुवाती अवस्थामा वृद्धवृद्धाले खाना खाएको, भरखरै भेटेको मान्छेलाई बिर्सन्छन् । तर पनि त्यो समयमा विगतका कुरा सम्झने हुँदा घरपरिवारलाई सामान्य लाग्छ । सुरुवाती अवस्थामा अल्जाइमरका बिरामीको औषधि उपचारमा पहुँच कम हुने उनको भनाइ छ ।

बुढेसकाल लागेपछि कपाल फुल्ने, गाला चाउरी पर्ने हुँदा अलिअलि त बिर्सिन्छ नि भन्ने भ्रम आम मानिसमा रहेको ज्येष्ठ नागरिक तथा अल्जाइमर रोग विशेषज्ञ डा. कँडेल भनाइ छ । उमेर ढल्किँदै जाँदा विस्तारै बिर्सन्छ भन्ने आम धारणामा कुनै वैज्ञानिक आधार नभएको डा. कँडेल बताउँछन् ।

उमेर बढ्दै जाँदा सबैमा अल्जाइमर हुँदैन । जस्तै सत्य मोहन जोशी सय वर्षको उमेरमा पनि समाजका लागि योगदान दिइ नै रहेका छन् । यस्तै दिवगङ्गत माधवप्रसाद घिमिरेले साहित्यमार्फत समाजलाई योगदान दिएकै थिए । यसर्थ वृद्धवृद्धहरुको छाला चाउरी पर्दा, कपाल सताम्मे हुँदैमा स्मणशक्तिमा ह्रास नआउने उनले बताए ।

‘उमेर ढल्कँदा देखिने रोग भएको भए सबै ज्येष्ठ नागरिकलाई देखिनुपथ्र्यो,’ उनले भने, ‘अल्जाइमर उमेरसँगै आउने परिवर्तन होइन, रोगका रूपमा लिनुपर्छ ।’

नेपालमा अल्जाइमरका ८८ हजार बिरामी छन् । २०३० सम्ममा दुई लाख बिरामी पुग्ने प्रक्षेपण गरिएको छ । विश्वव्यापी रूपमा ६५ वर्षभन्दा कम उमेर समूहमा ४ प्रतिशतलाई यो रोग देखिएको छ । जबकि विश्वभरमा ६५ देखि ७५ वर्षकालाई १० प्रतिशत, ८० वर्षदेखि माथिकालाई ४० प्रतिशत यो रोग लागेको छ । यस्तै सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी मानिसलाई यस रोगले गाँज्ने अनुमान गरिएको छ ।

अल्जाइमर दीर्घ रोग भए पनि नेपाल सरकारले त्यति चासो दिएको छैन । आँकडाले नेपालमा पनि विस्तारै यो रोग बढ्ने प्रक्षेपण गरेको छ । तर  अल्जाइमरसम्बन्धी विशेषज्ञ डाक्टर भने एक जना मात्रै छन् ।

वृद्धवृद्धाका हरेक कुरा र व्यवहारलाई बुढौलीसँग जोडेर हेर्न नहुँने डा. कँडेलको भनाइ छ । ज्येष्ठ नागरिकले जब बच्चाको व्यवहार देखाउने, मान्छे नचिन्ने, अरूलाई विश्वास नगर्ने, शङ्का गर्न र नचिन्न थाल्छन् त्यस अवस्थामा उनीहरुको उपचार गरियो भने जटिल अवस्था नआउने डा. कँडेलको भनाइ छ । स्मृति क्षय गर्ने अल्जाइमर रोग निको भने हुँदैन । यो मस्तिष्कका विकृतिहरुको समूहगत रोग हो ।

ज्येष्ठ नागरिक तथा अल्जाइमर विशेषज्ञ डा. कँडेलका अनुसार यस्ता  मानिसलाई अल्जाइमर रोग लाग्न सक्छ ।

–अल्जाइमर महिला पुरुष दुवैलाई लाग्छ तर महिलालाई बढी लाग्छ ।
–अल्जाइमर वंशाणुगत रोग पनि हो ।
–टाउकोमा गम्भीर चोटपटक लागेकाहरुलाई लाग्न सक्छ ।
–उच्च रक्तचाप, कोलेस्ट्रोल, बढी चिन्ता लिने, मानसिक समस्या,  मोटोपन, डिमान्सिया, डाउन सिन्ड्रोम, कुपोषण भएकालाई लाग्न सक्छ ।
–धूमपान र मद्यपान गर्नेलाई लाग्नसक्छ ।

विशेषज्ञ डा. कँडेलका अनुसार अल्जाइमरका तीन अवस्था हुन्छन्–

सुरुवाती अवस्था

–वर्तमान समयमा भएका घटना र संवादहरू बिर्सिने ।
–चिनेको बाटो पनि बिर्सिएर हराउने,
–सरसामान पनि हराउने ।
–एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्ने ।
–एउटै कुरा दोर्होयाइरहने
–एकाग्रतामा कमी हुने, जटिल शब्द र वाक्य भुल्ने,
–दिनचर्या अस्तव्यस्त हुने,
–डिप्रेसन हुने, व्यक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुने ।
–पहिले रुचि हुने विषय अरुचि लाग्ने ।

मध्येम अवस्था
–तत्काल भएका घटनाहरु बिर्सने
–आफ्नो पहिचान पनि बिर्सिने ।
–निन्द्रा नलाग्ने, निदाइहाले पनि निन्द्रामै हिँड्ने,
–पढ्न र लेख्न असजिलो हुने
–राम्रो, नराम्रो थाहा नपाउने
–निर्णय क्षमता ह्रास हुने
–अप्रासङ्गिक कुरा गर्ने, बेसुरका कुरा गर्ने अनि समाजबाट एक्लिने
–भ्रमित हुने, सन्किने, चिन्ता लिने, शङका गर्ने, डर बढी लाग्ने ।
–आधारभूत कामहरु नै विर्सने

गम्भीर अवस्था
–कुरा नबुझ्ने ।
–अडिन पनि नसक्ने ।
–दुब्लाउने ।
–परिवार आफन्त कसैलाई पनि नचिन्ने ।
–आधारभूत कार्य खाने, लगाउने, नुहाउने आदि गर्न नसक्ने ।
–खानेकुरा चपाउन तथा निल्न नसक्ने।
–ओछ्यानमा थला पर्ने,
–बोल्न नसक्ने तथा चेतना नै  हराउने आदि हुन्छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...