Logo

सन्तोष साहले जिते मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’



काठमाडौँ, पुस १३ गते । सिरहाका सेफ सन्तोष साहले बिबिसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्।

सोमबार बेलुका बिबिसी वानमा प्रशारण भएको फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई पछि पारेर उपाधि जितेका हुन् ।

यसअघिका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई फेरि अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो।

रिम्याचमा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क सहभागी थिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...