Logo

सप्तरीमा जोरविजोर प्रणाली उलंघन गरी चलाउने १५९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा



वैशाख २० गते, सप्तरी । कोरोना महामारी नियन्त्रण गर्न सप्तरीमा लागू गरिएको जोरविजोर प्रणाली उलंघन गरी चलाउने १७२ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार नियम उलंघन गरि चलाउने १३ वटा चार चक्के र १५९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ती सवारीसाधनका धनीबाट सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । स्थानीय प्रशासनले शनिबारदेखि सप्तरीमा जोरविजोर सवारीसाधन चलाउने नियम लगाएको हो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...