Logo

सप्तरीमा महिलालाई गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ



सप्तरी ,१५ फाल्गुन । सप्तरीमा एक महिलालाई कुटपिट गरि गर्भपतन गराएको अाराेपमा अाज तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ ।

सप्तरीकाे महादेवा गाउँपालिका वडा न.–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा सप्तरीको महादेवा गाउँपालिका वडा न.४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आरोपितमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहँु बारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताएकी छन् ।

यता आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दिएको उजुरीमाथि थप अावश्यक अनुसन्धान र कारवाही भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...