Logo

सबैठवा युवा समितीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



वीरगञ्ज, ११ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ स्थित रामजानकी मठ परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सबैठवा यूवा समितिको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा ४ महिला सहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

श्रीराम हास्पिटल विर्ताकी महिला रोग विशेषज्ञ डा. प्रिती यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रीराम हास्पिटल विर्ताका कन्सलटेन्ट फिजिसियन डा मनिष खन्ना, सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी तथा यूवा नेता ओमप्रकाश सर्राफ, भोलेन्टियर समुह वीरगञ्जका संयोजक राजन श्रीवास्तव, स्वास्थकर्मी अली अकबर हुसैन, करण पटेल, पब्लिक फिटनेसका संचालक करण यादव, ग्यालेक्सी फिटनेसका संचालक सन्नी आलम, ज्योति यूवा कल्बका अध्यक्ष रामानन्द कुशवाहा, मकसुदन अंसारी, युवा वचन संस्था पर्साका अध्यक्ष किशन सर्राफ, दी हन्ड्रेड ग्रुप पर्साका सचिव बिक्की सर्राफ, कमलेश कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

समितिका अध्यक्ष एसानुल अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्यकर्मी अनिशकान्त कुश्वाहले गरेका थिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...