Logo

सर्लाहीमा भोलि मध्यरातिदेखि निषेधाज्ञा



सर्लाही, वैशाख २४ गते । तीव्र रुपमा फैलिँदै गइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्लाही जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

वैशाख २५ गते शनिबार राति १२ बजेदेखि लागु हुनेगरी वैशाख ३१ गते राति १२ सम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरको हो ।

शुक्रवार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, खाद्यसामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटको सवारी साधन, झण्डाबाहक सवारी, कुटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन मात्र चलाउन पाउने भएका छन् ।

बैठकले निषेधाज्ञाको अवधिमा रेष्टुरेन्ट, ब्यूटीपार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्नमा रोक लगाएको छ । त्यस्तै अत्यावश्यक सार्वजनिक सेवा, बैँक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ ।

खाद्यान्न, फलफूल तरकारी, दुर डेरी, ग्यासँ पसललाई विहान ७ बजे देखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको प्रजिअ तामाङले बताए ।निषेधाज्ञामा विवाह ब्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक कायम गरी बढीमा १५ जनालाई उपस्थित हुन दिने निर्णय भएको हो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...