Logo

सिद्धार्थ बैंक विदेशबाट ऋण भित्र्याउँदै , स्ट्यान्डर्ड चार्टर्डले १ करोड २० लाख अमेरिकी डलर दिने



काठमाडौं, असोज ५ गते । सिद्धार्थ बैंक लिमिटेडले नेपालमा यस वर्ष ठुलो रकम ऋण भित्र्याउँदै छन् । सिद्धार्थ बैंक लिमिटेडलाई  स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ ।

स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरि आएको अन्तर्राष्ट्रिय व्यापार र तरलता व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...