Logo

सुकदेव चौकमा सगरमाथा तराई हस्पिटलबाट दुई भारतीय सहित तीन नक्कली डाक्टर पक्राउ



रौतहट, १४ फागुन । शैक्षिक योग्यता नभएका तथा बिना इजाजत विरामीहरुको जीवन संग खेलाबाड गरिरहेका एक नीजि अस्पतालमा कार्यरत दुई भारतीय सहित तिन जना नक्कली डक्टरलाई रौतहट प्रहरीले पक्राउ गरी कारवाही चलाएका छन् ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्वर १ शुकदेव चोकमा रहेका सगरमाथा तराई हस्पिटल प्रालीमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित तथा शैक्षिक योग्यता नभएका नक्कली डाक्टरले विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेरस लगायतका शैल्यक्रिया गर्दै आएको प्राप्त सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय गौरबाट गत फागुन १ गते खटिएको संयुक्त अनुगमन टोलीले उक्त हस्पिटलमा अनुगमन गर्दा दुई भारतीय सहित तिन जनालाई नियन्त्रणमा लिई कारवाही चलाइएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट सोमवार प्राप्त प्रेस वत्तव्य अनुसार फागुन १ गते खटिएको अनुगमन टोलीले त्यस्तो कार्यमा संलग्न भारतीय र नेपाली नागरिकलाई फेला परेर निजहरुसंग उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा उनीहरु संग उक्त प्रमाणपत्र एवं शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण उनीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक झलक शर्माले बताए ।
अनुगमन टोलीले विरामीहरुको जीवन संग खेलवाड गर्ने भारत बिहार राज्यको पुर्वी चम्पारण जिल्ला ढाका वडा नम्वर १४ खैरवा बस्ने मनिर आलमको ४५ बर्षिय छोरा हसिंन अख्तर। पुर्वी चम्पारण सिकारगंज थाना वडा नम्वर ३ वटोआका हासिम अन्सारीको २७ बर्षिय छोरा मोहम्मद तबरेज आलम तथा रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नम्वर २ भेडियाही टोलका जमिल अख्तरको २७ बर्षिय छोरा कलाम मन्सुरीलाई पक्राउ गरेर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरिएको उनले भने ।
विरामी संग खेलवाड गर्ने यस्ता कार्यहरुमा संलग्न व्यक्तिहरुको पहिचान एवं खोजतलास तथा अनुसन्धान कार्य पुरा भएपछि आज बल्ल सार्वजनिक गरिएको जानकारी दिदै प्रहरी निरीक्षक शर्माले यस्ता गतिविधि भविष्यमा हुन नपाउने आवस्था सृजना गर्नको लागि सुचना दिने तथा प्रहरी अनुसन्धान तथा कारवाहीमा साथ सहयोग दिने रौतहटबासी संग आग्रह गरे ।सभार तराई टप अनलाइन

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...