Logo

सुधार भएन भने धर्ना बस्ने सांसद साहको चेतावनी,जेलरको संरक्षणमा गौर कारागार भित्र चौकीदारको सिन्डिकेट



रौतहट ०१ चैत । रौतहट जिल्ला कारागार गौरका जेलर शम्भु यादवको प्रत्यक्ष संरक्षणमा चौकिदार पवन यादवको सिन्डिकेट रहेको दर्जनौं तथ्य फेला परेको छ ।

जेल जीवन बिताइ रहेका कैदी पवन यादव गएको होलि पर्वका दिन बिना कुनै जानकारीकै कारागारबाट अन्तर जिल्ला आफ्नो घरगइ फर्किने क्रममा दुर्घटनामा परि घाइते भएपछि गौर कारागारको रहस्यमय तथ्यहरु दिनहुँ बाहिरिन थालेको छ ।
गौर कारगार भित्र पवन यादवको सम्राजय नै रहेको कुरा बाहिरिए पछि आज रौतहटका संचारकर्मीहरु गौर कारागार पुगेर वास्तविक तथ्य बुझ्ने प्रयास गरेका थिए सो क्रममा गौर कारागारमा रहेका कैदी बन्दीले आफुहरु चरम यतना भोग्दै आएको बताएका थिए । कारागारको झ्यालबाट संचारकर्मीको हुल देख्न बितिकै कैदी बन्दीहरु भक्कानेर आँसु झार्दै आफ्नो पीडा सुनाउन बाध्य भए ।

चौकिदार पवन यादव र जेलर शम्भु यादवका कारण आफुहरु असुरक्षित रहेको र कसैले सो बारे चासो न दिएको र कहिलेकाही ठूलो ठूलो हाकिमहरु भ्रमणमा आउदा सो गुनासो गर्दा राती पशु झै यातनाको सिकार हुनु परेको कैदी बन्दिहरुको गुनासो रहेको छ ।

चौकीदार पवन यादव कारागार भित्रका कैदी बन्दीहरु लगायत महिला कैदी बन्दीहरुलाइ आफ्नो स्वार्थ अनुसार व्यहवार गर्ने गरेको पाइएको छ । चौकिदार यादवले महिला बन्दिका साथमा गलत नियतले आफ्नो स्वार्थ पुर्ती को प्रयास गर्ने गरेको र सो नभए विभिन्न किसिमको यातना दिने, असभ्य र अमर्यादित शब्दहरुको प्रयोग गर्ने र मानवअधिकारको हनन गर्नुको साथै शोषण गर्ने गरेको महिला कैदी शोभा यादवले बताएकी छिन् । महिलाहरूले अहिले केही सत्य बोल्यो भने पछि हामीलाई भित्र धेरै किसिमको यातना दिन्छ भने डरले बोल्न नसकेको गुनासो उनले गरिन ।

जिल्ला कारागार कार्यालय गौरबाट बारम्बार आफ्नो पैसा र पावरको बलमा बन्दी जीवन बिताइरहेका बारा जिल्ला भटिनिया गाउँका पवन यादव सर्वसाधारण जस्तो खुल्याम कारागार बाहिर आवत जावत गर्ने गरेको पाइएको छ ।
ब्राउन सुगर कारोबारी मुदामा १५ वर्ष जेल र ५ लाख जुर्माना सहित सजाय पाएका कैदी यादव खुल्याम घुमिरहेका विषय फाल्गुन २४ गते होली पर्वको दिन आफ्नो प‌ैसाको पावरमा जेलर शम्भु यादवसँग मिलेर त्यहाँ प्रहरी सुरक्षाको जिम्मेवारी पाइएको प्रहरी नायव निरीक्षक तेजीलाल यादवलाई आफ्नो मोटरसाइकलमा बसाएर घर लगिएको अवस्था परोहा नपा ४ लौकाहा बजार स्थित दुर्घटनामा परि पर्सा जिल्लाको बिरगंजमा रहेको एल.एस न्यूर‍ो अस्पतालको आइसीयूमा भर्ना भइ उपचार गराइरहेको क्रममा कुरा लुकाउन अनेक हथकन्डा अपनाए पनि सो रहस्य बाहिरिएको हो ।

गौर कारागारमा कैदी बन्दी मध्ये चौकिदार बन्न मात्र लाखौं रुपैया बराबर रकम खर्च गरिने गरेको श्रोतले जनाएको छ । गौर कारागारमा पवन यादव चौकिदार बन्न १० लाख भन्दा बढी खर्च गरेको अन्य कैदी बन्दीहरुको दावी रहेको छ ।

जिल्ला कारागार कार्यालय गौर रौतहटको विगत लामो समय देखि जेलर शम्भु यादवको गलत रबैया जसरी भएपनि पैसा कमाउने उदेश्यको कारण पटक-पटक विभिन्न अप्रिय घटना र धेरै जनगुनास‍ो बढेकाले रौतहट क्षेत्र न .२ का सांसद किरण कुमार साह वास्तविक भित्री रहस्य को हो भन्ने आज दर्जनभन्दा बढी संचारकर्मी लिएर कारागार पुगेको थियो ।

सांसद साहलाई कारागारको गेटमा कैदी बन्दीहरू देख्ने बितिकै सबैले आ-आफ्नो दुख पोख्दै जेलभित्रको बेथिति बताएका छन् । देवाही गोनाही ५ टिकुलिया निवासी कैदी मोहन साह कानुले सांसद साहसँग कुरा गर्दै जेल भित्र दर्जनभन्दा बढी कैदीहरूबाट कैदी चौकीदार पवन यादवले १ देखि ५ लाख सम्म लाखौं रकम लिएको उनलेे बताए ।

चौकीदार नाईके यादवको भित्री एउटा ठूलो ग्रुप सहयोगी नाइकेहरूको छ । घरबाट कैदीहरूको आफन्तले केही रकम लिएर आउछन् वा कसै मार्फत पठाउन लगाउन त्यो रकम गेटमा खोसि हाल्छ पछि माग्दा दिदै उल्टै धम्की दिन्छ, सबै नाइके मिलेर राति कुटपिट समेत गर्छ । नाईकेहरूले कारागार भित्र एउटा समूह संचालन गरेका छन् उनीहरूको यति धाकधम्की चल्छ कि भित्र जेसुकै गर्न सक्छन अनि गरेको पनि छ कसैले डरले बोल्दैन बोल्यो भने सिधै ३ देखि ४ जना नाईके मिलेर पाइपले शरीरमा दाग नदिख्ने गरि हिसाबले कुटपिट गर्छन् अनि कहै कतै केही गुनासो गर्यो भने धेरै एतना दिने गरेको कैदी साहले बताए ।

त्यस्तै कैदी बिष्णु यादवका अनुसार जेलभित्र कोही कैदी स्वतन्त्र छैन, चौकीदार पवन यादव र जेलर शम्भु यादवको डरले थरथर काप्ने गर्छन् । मसँग जेलमा सहयोग हुन्छ भनेर पवन यादवले १ लाख ३० हजार रकम लिएको उनले बताए । मनोज बैठासँग मुद्दामा सहज बनाई दिन्छु भनेर कैदी चौकीदार यादवले ४ लाख रुपैया लिएको छ रकम फिर्ता माग्दा धम्की दिने कुटपिट गर्ने गरेका छन् । कैदी रामबाबु पासवानसँग ४ लाख ३० हजार यादवले लिएको बताए । खाना पिनाको धेरै समस्य छ डबल स्केलको दरले ८ सय ५० रूपैया एक सप्ताहमा रकम तिर्न लगाउ तर खाना भनेको जस्तो खुवाउदैन । कैदी बन्दीहरूले भित्र भइरहेको गलत क्रियाकलापको बिरोधमा केही बोल्यो भने जेलर यादव, चौकीदार यादव र सहायक नाइकेहरू कुटपिट गर्न लगाउछ अनि सिधै सरूअवाको डरत्रास देखाएर शोषण गरिरहेको कैदी यादव बताएका छन् ।

नेपाल सरकारबाट आएको चिसोको न्यानो कपडा, पोष्टिक तत्व अहारको रकम सबै जेलर यादव र नाईक यादवले मिलेर खाइसकेका छन् । कैदीको लागि भित्र उपलब्ध अौषधी एउटा पनि पाउदैन यहाँ अौषधीको नाममा एउटा सिटौलामोल समेत पाउदैन तर रकम सरकारबाट आइनै रहेको कैदीले दुख पोखेका छन् ।
कारागार भित्र राणा शासन भन्दा ठूलो शासन जेलर र चौकीदार यादवले चलाई रहेको बताए । कारागार भित्र आवाज उठाउने माथि विभिन्न दबाब दिने र रातिको समयमा षड्यन्त्र पूर्ण तरिकाले कुट्ने गर्छन् । गलत गतिविधिको बारेमा कसैले बोल्न चाहे भनेर वाइरिङ्ग गर्ने कालो पाइपले कुटपिट गरि चरम एतना दिने गरेको उनीहरु सांसद साहको अगाडि सबै कुरा खुलेर बताए तर अब हामीलाई धेरै दुख दिन्छ अब भित्र हामी बोल्नेहरूको हत्या समेत हुन सक्छ मनमा डरत्रास समेत रहेको उनीहरू खुलासा गरे ।

जिल्ला कारागार कार्यालय गौर, रौतहटको वास्तविकता बुझ्न पुगेको सांसद साहले कैदी बन्दी महिला र पुरूषहरूलाई निर्धक्क रहन आग्रह गर्दै यहाँको जेजति समस्या उत्पन्न भएको छ सबै कुरा सम्बन्धित निकायलाई सुधार गर्न दबाब दिनेछु यद्यपि सुधार भएन भने यसको बिरोधमा आन्दोलन गर्नुपर्छ कि मलाई आफै धारण बस्नुपर्छ म बस्न तयार रहेको बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...