Logo

सेभ द् ह्युम्यानीटी संस्थाद्वारा नि:शुल्क भोजन वितरण



वीरगञ्ज, ७ जेठ । वीरगञ्ज छपकैयास्थित सेभ द् ह्युम्यानीटी संस्थाले नि:शुल्क भोजन वितरण गरेको छ ।

संस्थाले आज वीरगञ्जको विभिन्न स्थानमा पुगेर निषेधाज्ञाबाट प्रभावित गरिव तथा अतिविपन्नहरुलाई २ सय प्याकेट खाना नि:शुल्क रुपमा वितरण गरेको हो ।

संस्थाले बिहान र साँझ गरी दैनिक २/२ सय प्याकेट भोजन वितरण गर्ने योजना बनाएको सचिव ऋतिक कुमारले जानकारी दिए । ऋतिकले निषेधाज्ञामा सरकार र प्रशासनले गरिवहरुका लागि केहि गर्न नसकेपछि आफुहरु अगाडी आएको बताए ।

भोजन वितरण गर्ने क्रममा संस्थाका अध्यक्ष एमडी शेख अताउल, उपाधक्ष मुन्ना सिंह लगायतको सहभागिता रहेको थियो । संस्थाले भोजन वितरणलाई निषेधाज्ञा अवधिभर निरन्तरता दिने जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...