Logo

सोमबार देशभर थपिए ४९५ कोरोना संक्रमित, १३ जनाको मृत्यु



जनकपुरधाम, चैत ३० गते । सोमबार एकैदिन ४९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ नमुनाको पीसीआर टेष्ट गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने ८ नाकामा ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । सबभन्दा धरै कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ५४ जनाको एन्टिजेन टेष्टमा पोजेटिभ आएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् । मृतक तीन जनामा एउटा समानता छ, ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या लिएर अस्पताल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा मृत्यु भएर सोमबार रिपोर्ट भएका थप पाँच जना पनि जोड्दा मृतकको संख्यामा एकैदिन १३ थप भएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...