Logo

स्रोत नखुलेको झण्डै साढे ९ लाखसहित सिरहाबाट दुईजना पक्राउ



सिरहा, पुस २९ गते । सिरहाबाट स्रोत नखुलेको झण्डै साढे ९ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका २ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन् ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ कचनारीस्थित प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित दुईजनालाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

दुवैजनालाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...