Logo

३ गुणाबढी मूल्य लिएर कालोबजारी गर्ने पोद्दार वीरगञ्जबाट पक्राउ



वीरगञ्ज, ७ जेठ । निषेधाज्ञाको समयमा पनि मूल्यवृद्धि गरेर सामग्री बेचेको आरोपमा पर्सा प्रहरीले एक खुद्रा व्यपारीलाई पक्राउ गरेको छ ।

May be an image of food

जिल्लामा कोभिड-१९ भाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा ३  गुणासम्म बढी मूल्य लिएर कालो बजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नगरसभागृह छेउको न्यू पप्पु किराना पसलका सञ्चालक लक्ष्मण पोद्दारलाई प्रहरीले पक्राउ गरेको हो ।

पोद्दारले १ सय ५ रुपैँया पर्ने बेकिंग पाउडरलाई ३ सय ८ मा बेचेको पाईएपछि शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । महामारी र निषेधाज्ञाका बिच कालोबजारी गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले पोद्दारले सञ्चालन गरेको पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ५ सय ग्रामको बेकिङ पाउडरको बट्टामा उत्पादकले १ सय ५ रुपैयाँ अंकित गरेकोमा त्यसमा पोद्दारले कालो पोतेर ३ सय ८० लेखेको भेटिएपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

May be an image of standing, car and outdoors

पसलबाट १२ पिस बेकिङ पाउडरको डब्बाका साथै पोद्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको डिएसपी बताए ।सभार यात्राडेली

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...