Logo

४० वर्ष हेमामालिनीको सचिवालय हेरेका मेहताको निधन



एजेन्सी, २६ वैशाख । बलिउडकी कलाकार हेमा मालिनीको सचिवालय हेर्दै आएका मकरान्ड मेहताको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको निधनप्रति हेमामालिनीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

मेहताले ४० वर्षयता हेमा मालिनीको सचिवालय हेर्दै आएका थिए । हेमा मालिनी कलाकारिता हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । उनी भारतीय जनता पार्टीबाट लोकसभा सांसद छिन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...