Logo

अक्षय कुमारले करण जोहरलाई मामालाई भनेपछि हंगामा



एजेन्सी, १७ असार । बलिउड अभिनेता अक्षय कुमारको एउटा रमाइलो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी करण जोहरसँगको सम्बन्धको बारेमा कुरा गरिरहेका छन् ।

यो भिडियो फिल्म ‘रक्षाबन्धन’ को प्रमोशनको क्रममा हो । यस भिडियोमा मिडियाले अक्षयलाई सोध्छन् कि करण जोहरले आलिया भट्टलाई छोरी र वरुण धवनलाई छोरा मान्छन् । त्यसोभए करणसँगको सम्बन्ध कस्तो छ ?

यसबारे अक्षय भन्छन्, ‘मैले उहाँसँग चारवटा फिल्म गरिसकेको छु । त्यही अनुसार उहाँ मेरो मामा हुनुभयो । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । यहाँ आउनुअघि उहाँसँग कुरा गरेर मात्रै आउँदैछु ।’


फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...