Logo

अझ गौर–बैरगनिया सीमा नाकामा सार्वजनिक सवारी साधन आवत गर्न रोक,यात्रुलाई सास्ती



रौतहट १३ भदौं ।। रौतहटको सदरमुकाम गौर–बैरगनिया सीमा नाकामा सार्वजनिक सवारी साधन आवत गर्न रोकनै रहेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको करोना भाइरस कोभिड–१९ को समय देखि बन्द भएको नेपाल–सीमा क्षेत्रमा चल्ने सवारी बाहक अटोरिक्सा , टंगा , टेम्पुहरु संचालन नहुँदा स्थानीय बासिन्दाहरु निकै सास्ती खेप्दै आएका छन् ।

मधेश प्रदेशकै मुख्य नाका मध्ये एक रहेको गौर गौर–बैरगनिया सीमा नाकामा यहाका जनताहरु दुख खेप्दै रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा ओहरदोहर गर्ने अटोरिक्सा, टंगा , टेम्पुहरु संचालन नहुँदा बजारबाट किनमेल गर्ने देखि लिएर उपचार गराउन जाने वा आफन्त कहाँ जाने तथा भारत र नेपालको विभिन्न स्थानमा काम गरेर फर्किनेहरु अहिले निकै सास्ती खेप्दै आइरहेका हुन् ।

जिल्लाको सदरमुकाम गौर बैरगनिया गर्ने सर्वसाधारण देखि लिएर हुनेखाले यात्रुहरु सवारी साधन नचल्दा पैदल यात्रा गर्न बाध्य भएका छन । सामान लिएर आउदा निकै अप्ठ्यारोको सामना गर्नुपरेको हुँदा यात्रुबाहक अटोरिक्साहरु निर्वाध रुपमा संचालन हुनुपर्ने विगत महिनौं देखि माग उठाउदै आएपछि संचालन आउन नसक्दा उनीहरुलाई निकै कष्ट भोग्नुपरी रहेको बताउछन् ।

कोभिड–१९ महामारीको संक्रमण सुरु भएको २०७६ चैतको ११ गते देखि नेपाली र भारतीय प्रशासनले सिमाक्षेत्रमा टेम्पो, इ–रिक्सा, निजी सवारीसाधन आवतजावतमा रोक लगाएको थियो । भारत स्थित बैरगनियाको स्थानीय प्रशासनले सीमा क्षेत्रमा दुवै देशका सिटी रिक्सा चलाउन रोक लगाएको थियो ।

कोभिड–१९ महामारीको जोखिम कम भएपछि सीमा क्षेत्रमा निजी सवारीसाधनलाई चल्न दिइए पनि तीनपांग्रे सवारीलाई खुला गरिएको छैन । अहिले पारीबाट सीमा क्षेत्रको बैरगनिया हुँदै गौर आउने यात्रु र सामान किनमेल गर्न जानेहरू काँध, टाउकोमा सामान बोकर ल्याउने र आउने गर्नुपर्ने बाध्यता कायमै रहेको छ । बिरामीले समेत पैदलै सीमा पार गर्नुपर्छ । भारतीय बैरगनिया बजारबाट यात्रुलाई सीमा क्षेत्रभन्दा केही परनै ल्याएर भारतीय इ–रिक्सा, टेम्पोले छाड्दिन्छन । त्यहाँबाट झन्डै आधा किलोमिटर सम्म यात्रु पैदलै सरसम्मान बोकेर हिँड्न बाध्य छन् । पारी गौर भन्सार गेटभन्दा एक सय मिटर वरै तीनपांग्रे सवारीसाधन रोकिन्छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भारतीय पक्षले कोभिडकै बेला तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाए पनि अहिलेसम्म खुला नगरेको बताए । ‘यसले दुवै देशका नागरिकलाई समस्या भोग्नु परेको उनले बताए । हामीले अब सञ्चालन गर्न दिनुस् भनेर अनुरोध गरेका छौं,’ ‘भारतको सीमा क्षेत्रका स्थानीय प्रशासनले माथिको आदेश कुरेर बसेका छौं भनेर जवाफ दिन्छन । अब केही दिनभित्रमा खुला हुने विश्वास व्यक्त गरे ।

गौर–बैरगनिया नाका हुँदै यात्रुबाहक सार्वजनिक सवारीसाधन पुन सुरु गर्न आवस्यक देखिएको आत्रुहरुले बताएका छन् । पहलका लागि समाजका अगुवाहरु लाई अगाडी आउँ आवस्यकता रहेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...