Logo

कन्ट्राक्टका शिक्षकद्वारा राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा तालाबन्दी



जनकपुरधाम, पुस ५ गते । राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा कन्ट्राक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

सोमबार कन्ट्राक्टका शिक्षकहरुले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन् ।

पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दीलिप यादवले आफुहरु स्थापना कालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरुको उमेर समेत पार भइसकेकोमा त्यसलाई ख्याल नगरि सेवा आयोगले विज्ञापन आह्वान गरेको आरोप लगाएका छन् ।

विश्वविद्यालयमा उपप्राध्यापक पदका लागि सेवा आयोगले आज विज्ञापन आह्वान गरेको छ । पदपूर्तिको विज्ञापन आएपछि कन्ट्राक्टका शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।

No description available.

यादवले पछिल्लो ६ महिनादेखि विभिन्न माग राख्दै आफुहरु आन्दोलनरत्त रहेको भन्दै उनले भने, ‘हामी यहाँ स्थापनाकालदेखि नै कार्यरत्त छौँ । कयौँ साथीको उम्मेर समेत पार भइसकेको छ, सेवा आयोगले त्यसको कुनै ख्याल गरेन् । हामीले यहाँ काम गरेवापत अनुभव प्राप्त गरेकोमा त्यसको कुनै मार्क न राखेपछि बाध्य भएर तालाबन्दी गरेका छौँ ।’

रजिष्ट्रार, भिसि, सेवा आयोगका अध्यक्ष, सदस्यहरुलाई जानकारी गराउँदा आश्वास दिएपनि आज एक्कासी विज्ञापन आह्वान गरिएको देखेको र त्यसमा उम्मेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरेको बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...