Logo

तस्करीको प्रख्यात नाकाको रुपमा चिनिने, रौतहट क्षेत्र नं २ बाट लाखौँ मुल्यको रंगा पक्राउ



अभिमनु राउत, रौतहट, २९ पौष । रौतहट जिल्लामा अहिले व्यापक रुपमा तस्करी फस्टाएको छ ।

कोभिड १९ कोरोना भाईरसले गर्दा लगभग १० महिना देखि नेपाल भारत सिमानाका बन्द रहेता पनि रौतहट सिमावर्ती क्षेत्र ब्रहम्पुरी, लक्ष्मिपुर, बेलबिछवा, महादेवपटी, औरैया, मठिया, महुलिया, जयनगर, घिउरा, रामपुरखाप, नरकटिया, बंकुल लगायतको नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको प्रष्ट देखिएको छ ।
पटक पटक स्रोत नखुलेको अवैध नेपाली तथा भारतीय रकम पक्राउ पर्दै आएको छ । भारतको बिहार राज्यले आफनो देशमा मदिरा बन्द गरेपनि तराईको विभिन्न नाकाबाट लाखौ लाख मुल्य बराबरको मदिरा दारु व्यापक रुपमा तस्करी भईरहेको छ ।

Image may contain: plant, outdoor and nature

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं ६ मन्सरीनाका हुँदै नेपाल भित्रिदै गरेको दुई लाख मुल्य बराबरको १५ वटा भारतको विभिन्न बजारबाट ल्याएको रंगा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। प्रदेश नं २ को सशस्त्र प्रहरी बाहिनीबाट खटिएको गस्ती टोलीले मंगलवार बिहान ६ बजे मन्सरी बाट १५ वटा चोरी निकासी गरी भारतको बजारहरुबाट विभिन्न रोगबाट ग्रसित समेत भएको रंगा र भैसीलाई जफत गरि भन्सार चलान गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Image may contain: outdoor and nature

भारतीय बजारबाट पाडा भैंसी खरिद गरि राती ११ बजे देखि बिहान ४ बजे सम्म प्रहरीको समयमा दिन्हु दुई सयको हाराहारीमा चोरीपैठारीको रूपमा पाडा भैंसी तस्करी फस्टाएको र सो एरियाको सिमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले मासिक रूपमा मोटो रकम लिने गरेको स्थानीय एक जनाले बताएका छन ।
जिल्ला र प्रदेशबाट तस्करी रोक्न अथक प्रयास सशस्त्र प्रहरी कार्यालयले गरेपनि सिमानाकामा खटिएको सशस्त्र बलहरुले रकमको चलखेल गरी पुरै विभागलाई नै बदनाम गराउने कार्य गरिरहेको छ

Image may contain: plant, outdoor and nature

अहिले रौतहटको सिमाबर्ती क्षेत्रमा नेपालबाट भारत तर्फ सौफी, मदिरा, मटर, गाई, लहरको दाल, शिखर चुरोट र भारतबाट नेपाल तर्फ स्पेयर पार्टस, मेसिनरी पार्टस, लताकपडा, खाधान्न लगायत करौडो सम्मान तस्करी भईरहेको हुनाले राजस्वमा अपूर्णिय क्षति भएको छ ।

Image may contain: plant, outdoor and nature

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...