Logo

दलित बालिकालाई उपचारको लागि आर्थिक सहयोगको अपिल – बुवा चिन्तित



अभिमनु कुमार पटेल, रौतहट, ५ पुस । दलित परिवारमा जन्मेकी एक बालिकालाई आर्थिक अवस्था निकै कमजोर भएर अहिले उपचार गर्न धेरै गार्हो भएको छ ।

No description available.
रौतहट जिल्ला निवासी बिगत लामो समय देखि आर्थिक अभावको कारणले रोगबाट ग्रसित बालिकाकी परिवारजनहरुले सहयोगको बाटो कुरिरहेका छन । राजपुर नगरपालिका न.पा. ५ दलित बस्तीमा बस्ने बिमल बैठाको १२ बर्षीय पुनम कुमारी बैठाको खुट्टा बाङ्गो रहेको छ । लगभग दुई बर्ष पहिला खुट्टा भाचेको थियो । स्थानीय चिकित्सकबाट उपचार गराएर निको भएको खुट्टा एक्कासी बाङ्गिन थालेपछि घर परिवारमा चिन्ता बढन थालेको छ । हाम्रो समाजमा छोरी जन्मनै बितिकै परिवारको सदस्यहरुको मनोबल सानो हुने प्रवृती रहेको छ ।

No description available.

यस्तो वातावरण बोकेर हिडने समाजमा छोरीको खुट्टा खराब हुन थालेपछि परिवारमा चिन्ता बेग्लै किसिमको हुन थालेको स्वभावीक रहेको छ ।
पुनम कुमारी बैठा एउटा दलित समाजमा जन्मेकी छिन भने अर्को तिर जिवन जीवनको लागिको ठूलो सम्पति भनेको शिक्षा हो तर पीठित बालिका त्यसबाट पनि पुरै बैन्चित भएकी छिन । बालिका धेरै गरिब र असहाय परिवारकी हुन । उहाँको घर परिवार चल्नुको एउटै माध्यम हो दैनिकी ज्याला मजदूरीले चुल्हो बल्ने गर्छन । एउटा सानो फुसको छाप्रो भित्र उहाँको श्रीमती, दुई सानो छोरा र ५ छोरी गरि ९ जनाको परिवार रहेको छ । जस मध्ये माईलो छोरी पुनम हुन । बिलम बैठाको नाममा सम्पतिको रुपमा घर बाहेक केही अरु केही छैन ।

No description available.
बैठाले छोरीको उपचार केही समय पहिला परिक्षण गराउदा डाक्टरले एउटा खुट्टा खराब भएको बताए । पीडित दलित बालिकाको खुट्टामा दिनप्रति समस्या उत्पन्न भर्ईरहेकोले चेकअप गराउदा डाक्टरको भनाइ अनुसार छिटो भन्दा छिटो अप्रेशन गर्नुपर्छ । तर बैठासँग त्यति आर्थिक अवस्था ठिक नभएकोले छोरीको उपचार गराउन सपना जस्तो भएको भन्दै दुख पोखेका छन । गाउँ घरमा महँगो व्याजमा कर्जा लिएर छोरीलाई खुट्टा दुख्ने समस्या भएपछि आफुले अस्पतालहरुमा चेकजाँच गराउदा डाक्टरले औषधि दिएर घर पठाएका छन तर डाक्टरको सल्लाह अनुसार केही दिन भित्र अप्रेसन गराउने भन्नू भएकोले उहाँ चिन्तित बनेका छन ।

No description available.

अहिले औषधि पनि किन्ने नसक्ने अवस्था रहेकोे छ । छोराको जीवन बचाउनको लागि आर्थिक सहयोग उपलब्ध गराउन पीडितको बुवा बिमल बैठाले सबैमा अपिल गरेका हुन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...