Logo

धनुषाबाट चोरीको ६ मोटरसाइकलसहित चोर गिरोहका ५ जना प्रहरीको फन्दामा



जनकपुरधाम, माघ १८ गते । धनुषाबाट माेटरसाइकल चाेरी गर्ने गिरोहका पाँच जना पक्राउ परेका छन्

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका-२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाकाे सबैला नगरपालिका-४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् ।

जितेन्द्र बाहेकका चारैजना सर्वासाधारणको मोटरसाइकल चोर्ने र जितेन्द्रले भने चोरीको मोटरसाइकल किन्ने गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा बजारबाट दिउँसो  सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएको थियो ।  त्यसको खोजीमा जुटेका प्रहरीले मोटरसाइकल चोर गरोहलाई नै पक्राउ गरेको हो ।

उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित जलाद खाेला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा माेटरसाइकल पनि अाफुले नै चाेरी गरेकाे स्वीकारेका थिए ।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरकाे २ सय सीसीकाे पल्सर, स ७ प ५२०३ नम्बरकाे डिस्कभर र काे ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

रोहितले चोरी गरेको अन्य तीन पटा मोटरसाइकल उनकै डेरा क्षिरेश्वरनाथ नगरपालिका-५ बाट प्रहरीले बरामद गरेको हो । उनकाे डेराबाट  माेटरसाइकल चाेरीमा प्रयोग हुने उपकरण समेत बरामद भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

अनसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएकाे उनले जानकारी दिए ।

यस्तै क्षिरेश्रवरनाथ नगरपालिकाबाटै  चाेरी भएकाे ना ३९ प ६३८२ नम्बरकाे माेटरसाइकलसहित मनाेजलाई पक्राउ गरिएकाे छ भने याे माेटरसाइकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...