Logo

धनुषामा पतिको हत्या पश्चात् फरार पत्नी भाइसहित ४ जना प्रहरीको फन्दामा



जनकपुरधाम, वैशाख २१ गते । धनुषामा पतिको हत्या गरेर फरार पत्नीसहित ४ जना पक्राउ परेका छन् ।

धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार भएकी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

हत्या आरोपमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल पक्राउ गरिएको छ । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको मिश्रले बताए ।

देवरसँग भाउजुको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहरुले नै शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिश्रको भनाइ छ ।

गत शुक्रबार राति धारिलो हतियार प्रहार गरी मण्डलको हत्या भएको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...