काठमाडौं, भदौ २९ गते । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको नेतृत्व कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ । मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।
सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि त्यससम्बन्धी छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा परेका थिए । ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीले सम्हाल्ने भएका हुन् ।
फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...