Logo

पुजारीलाई गोली हानी हत्या गर्ने हत्यारालाई कानुनी दायरामा ल्याउन दबाबमुलक बृहत मोटरसाइकल र्याली



रौतहट, १४, कार्तिक । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर पुजारी स्व. श्रीराम साहलाई गोली हानी हत्या गरेको हत्यारालाई कार्वाहीको मागको दबाबमूलक शिवनगर मन्दिर देखि गौर सम्म बृहत मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।

May be an image of 8 people, people standing, people sitting, crowd and outdoors
पुजारी श्रीराम साहको हत्याको १ बर्ष बितिसक्दा पनि प्रहरी प्रशासन र न्यायपालिकाले अहिले सम्म हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेकोले कानुनगत रूपमा देशभरिका हिन्दु संघ संगठनहरू एककृतभई अगाडी बढी रहेको छ । हिन्दु परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेलको अगुवाईमा बृहत मोटरसाईकल र्याली शनिवार प्रदर्शन गरिएको थियो । २०७७ भदौं ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिकाको वडा नं २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको खाना खाँदै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी हत्या गरिएको थियो।

May be an image of 5 people, people standing, motorcycle and road
हत्याको आरोपमा पक्राउ परेको देवाही गोनाही नगरपालिकाको वडा न १ को वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको भन्दै हिन्दु परिषद नेपाल रौतहटले आन्दोलनमा उत्रेका छन् । शेख नुरुल्लालाई र अर्का हत्याको आरोप लागेको नरेश पटेलको भाईको पैसाको बार्गेनिङ्ग गरेको १८ लाख रकम वकिललाई मिलाउन दिएको अडियो क्लिप सार्वजनिक भएपछि हत्यारालाई कारवाही नगरेको भन्दै दवाब मुलक आन्दोलन गर्न बाध्य भएको हिन्दु परिषद नेपाल जिल्ला प्रवक्ता अभिमनु कुमार पटेलले जानकारी दिएको छ ।

May be an image of 3 people, people sitting, motorcycle and road
शिवनगर देखि गौर सम्म विशाल मोटरसाइकल रैलिको प्रदर्शनको आयोजना गरि हत्यारालाई कारवाही गर, हिन्दु एकता जिन्दावाद , हिन्दु बिरोधि मुर्दावाद , नेपाल लाई हिन्दु राष्ट्र कायम गर, न्यालय स्वतन्त्र कायम गर, राजनेतीक हस्तक्षेप बन्द गर, एकही नारा एकही नाम जय श्रीराम, जय श्रीराम नाराका साथ गौर नगर परिक्रमा गरि बि.पी चौकमा कोण सभामा परिणत भएको थियो ।

May be an image of motorcycle, outdoors and text that says 'Shot on OnePlus By Abhimanu Patel Journalist ग'
कार्यक्रममा प्रमुख अतिथि हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, बिश्व हिन्दु परिषदका केन्द्रीय महासचिव जितेन्द्र सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी रौतहटका जिल्ला सभापति सत्येन्द्र सिंह, नेपाल विश्व हिन्दु महासंघ बिजय प्रकाश निषाद , हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओमप्रकाश साह, नेपाल विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष त्रिभुवन ओझा, समाजसेवी राकेश पटेल लगायत हिन्दु धर्मसँग अस्था राख्नेहरु उपस्थिति रहेको थियो ।

May be an image of 1 person, riding a motorcycle, motorcycle and road

May be an image of 1 person, motorcycle and road

May be an image of 2 people, motorcycle and outdoors

May be an image of 2 people, people sitting, motorcycle, sky, road and text that says 'PRESS Shot on OnePlus By Abhimanu Patel Journálist'

May be an image of 2 people, people standing, motorcycle, road and text that says 'PRESS Shot on OnePlus By Abhimanu Patel Journalist'

May be an image of 1 person, standing, sitting, motorcycle and outdoors

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...