Logo

प्रदेश २ : तीनजना सवार ‘हाई स्पीड’ मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एकको अवस्था गम्भीर



सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका –११ बनौलीस्थित भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।तिब्र गतिमा तीन जना सवार भई पूर्वतर्फ आउँदै गरेको प्र. २–०१–००१–६१४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाईकल चालक सप्तरीको खडक नगरपालिका –११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारकोलागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।मोटरसाईकलमा पछाडी सवार घाइते भएका २१ वर्षीय सुनीलकुमार चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।सुनीलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जनाएको छ ।मृतक दुबैजनाको शव पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी साहले जानकारी दिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...