Logo

प्रियंकाको परिवार निकसँग विवाह गराउन किन राजी थिएनन् ?



एजेन्सी, २७ र्बैशाख । बलिउड देसी गर्ल प्रिंयका चोपडा प्रायजसो व्यक्तिगत तथा पेशागत विषयले चर्चामा आइरहन्छिन् । प्रियंकाले २०१८ मा अमेरिकाका गायक निक जोनससँग विवाह गरेकी हुन् । तर प्रिंयकाका परिवारले भने निकसँग नभई अन्य कलाकारसँग प्रियंकाको विवाह गर्न चाहेको खुलाशा भएको छ ।

प्रियंकाको परिवारले टेलिभिजनका कलाकार मोहित रैनासँग विवाह गर्ने तयारीमा थिए । एक अन्तर्वाताको क्रममा प्रियंकाले परिवारले मोहित एक सस्कारी, इमानदार युवा भएको भन्दै विवाह गर्न सल्लाह दिएको बताएकी छिन् । उनले काकीले दुवैजना एउटै फिल्डको भएकोले भविष्य राम्रो हुने पनि बताएको उल्लेख गरेकी छिन् ।

मेहित रैनाले पनि प्रियंका मनपर्ने कलाकार भएको बताउदै आएका छन् । मोहितले टिभि सिरीयल देवो के देव मा भगवान शिवको भुमिका निभाएर उद्योगमा एक नयाँ पहिचान बनाएका हुन्् । उनले गरेको शिवको भुमिकालाई सबैले पं्रसशा गरेका थिए । उनले दर्जिकल स्ट्राइकमा पनि काम गर्छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...