Logo

सप्तरीको यी नगरपालिकाले चारजना पत्रकारलाई बाँडे ल्यापटप



सप्तरी, भदौ २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले चारवटा ल्यापटप चारजना पत्रकारलाई वितरण गरेको खुलेको छ ।

महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा सो रहस्य खुलेको हो । नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा जानकी ट्रेडर्सबाट चार थान एच.पी. कम्पनीको ल्यापटप २ लाख ४३ हजार ८ सयमा खरिद गरि वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

वितरण गरेको ल्यापटप पालिकाको सम्पति रहेकाले बाहिर उपयोग गर्न नमिल्ने भन्दै महालेखापरीक्षकले चारै ल्यापटप फिर्ता लिन भनेको हो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...